दफा १५८
सजाय पाएको ब्यक्तिको मृत्यु भएमा सजाय मिनाहा हुने
(१) अदालतबाट कसूरदार ठहरी सजाय पाएको ब्यक्तिको मृत्यु भएमा मृत्यु हुँदाका बखतसम्म कार्यान्वयन हुन बाँकी रहेको सम्पूर्ण कैद सजाय वा जरिबाना स्वतः मिनाहा हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी वा निजी बिगोे, क्षतिपूर्ति वा अन्य कुनै रकम भर्नु पर्ने ब्यक्तिको त्यस्तो बिगोे, क्षतिपूर्ति वा रकम भराउनु अगावै मृत्यु भएमा निजको हकको सम्पत्तिबाट असुल उपर हुनेसम्म यस संहिता बमोजिम असुल उपर गरी भराई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम बिगो, क्षतिपूर्ति वा रकम भराउँदा त्यस्तो ब्यक्तिको सम्पत्तिले खामेसम्म क्रमशः सरकारी बिगोे, क्षतिपूर्ति, निजी क्षतिपूर्ति र बिगोेलाई प्राथमिकता दिई क्रमशः भराउनु पर्नेछ ।